डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरे

काठमाडौं, २५ भदौ – डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन्। आफूहरूलाई बाहिर निस्कन दिनुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसरमा आगो बलिरहेको छ।

कारागार प्रशासक बाबुराम अर्यालका अनुसार अहिले कारागारबाट बाक्लो धुवाँ निस्किरहेको छ। “कैदीबन्दीहरूले आगजनी तथा तोडफोड गरेका छन्। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ,” अर्यालले बताए।

आगोका कारण कारागारभित्रको अवस्था तनावपूर्ण बनेको छ। अर्यालले आवश्यक सुरक्षाको व्यवस्था गर्दै कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

सुरक्षा निकायले परिस्थिति नियन्त्रणमा लिन कारागार वरपर घेराबन्दी गरेको छ भने आगो निभाउने प्रयास भइरहेको छ। अहिले कारागारभित्र कति क्षति भएको हो भन्ने स्पष्ट भएको छैन।

Facebook Comments Box