आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाडौँ, २६ कात्तिक – बालबालिकाको मृत्यु दर घटाउने, निमोनियाबारे जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्यसहित आज विश्वभर ‘विश्व निमोनिया दिवस’ मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सशक्त स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ।

‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली—रोकथाम र उपचारमा लगानी गरौँ’ भन्ने नाराका साथ देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रमहरू आयोजना हुने भएका छन्। निमोनिया बालबालिकामा मृत्युको प्रमुख कारणमध्ये एक हो।

यस रोग नियन्त्रणका लागि सरकारले प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउने, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्ने र आम जनतालाई रोगको जोखिम तथा रोकथामबारे सचेत गराउने कार्यलाई प्राथमिकता दिएको छ।

Facebook Comments Box