गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खज्र्याङ्ग सडक स्तरोन्नति कार्यका लागि एक महिना बन्द

गुल्मी, २४ असोज –  गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खज्र्याङ्ग सडक स्तरोन्नति गर्न आजदेखि एक महिना बन्द गरिएको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दिपक खड्काका अनुसार सडक बन्दको अवधि असोज २४ देखि कात्तिक २३ गतेसम्म हुनेछ ।

सडकको रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नं. ११ जन प्रावि स्कुलसम्मको खण्डमा आरसीसी ढलान गरी स्तरोन्नति गरिँदै छ । राजेश्वरी कन्स्ट्रक्सन प्रालिले उक्त सडक स्तरोन्नतिको जिम्मेवारी पाएको छ । कार्यालयले सडक बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु र सवारीसाधनलाई आग्रह गरेको छ ।

विकल्पका रूपमा राङ्गबास फेँदी तर्फ जाने स्थानीय सवारीले मैदान–हर्राबोट–सपौदि–राङ्गबास फेँदी मार्ग प्रयोग गर्न सक्नेछन् । त्यसैगरी रिडी–पाल्पा वा अर्घाखाँची तर्फ जाने सवारीले घुम्ती–चारपाला–खज्र्याङ्ग वा तम्घास–बलेटक्सार–रिडी वैकल्पिक सडक प्रयोग गर्न सकिने जानकारी प्रमुख खड्काले दिएका छन् ।

Facebook Comments Box