झापामा जेनजी आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
झापा – सरकारले गरेको दमनमा १९ जना जेनजी युवाको मृत्यु भएपछि झापामा आन्दोलन चर्किएको छ। बिहानैदेखि बिर्तामोडको मुक्तिचोकमा करिब ३०० जना प्रदर्शनकारी भेला भई टायर बाल्दै आन्दोलन गरिरहेका छन्।
उनीहरूले पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामान, प्रहरी पोष्ट र ट्राफिक चिन्हलाई सडकमा ल्याएर आगजनी गरेका छन्। आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन चर्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। हाल बिर्तामोड क्षेत्र तनाबग्रस्त बनेको छ र घटनास्थलमा प्रहरी पुग्न सकेको छैन।
Facebook Comments Box

