हिमपातका कारण न्यालु सडक अवरुद्ध

हुम्ला, २४ असोज – अविरल हिमपातका कारण हुम्लाको न्यालु सडक अवरुद्ध भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यकासँग जोड्ने न्यालु सडक बन्द भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरिरहेका आन्तरिक पर्यटक अलपत्र परेका छन् ।

सिमकोट गाउँपालिका–५ का स्थानीय उब्जन रावतका अनुसार सडक अवरुद्ध भएपछि पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ भने बाक्लो हिमपातले पैदल हिँड्न पनि मुस्किल भइरहेको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिनसम्म लाग्ने उहाँले जानकारी दिनुभयो । समुद्र सतहबाट करिब पाँच हजार मिटर उचाइमा रहेको न्यालु सडकमा हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा बढी प्रभावित भएका छन् ।

Facebook Comments Box