इम्बोस्ड नम्बर प्लेट नजडाउँदा कारवाही नहुने : विभाग

काठमाडौँ, ११ भदौ

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट नजडाएको भन्दै असोज १ गतेदेखि जरिवाना वा जेल सजाय हुने भन्ने हल्ला बेठिक भएको स्पष्ट पारेको छ। विभागले मंगलबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि कुनै पनि प्रकारको दण्ड–जरिवाना नहुने जनाएको छ। साथै, सवारीधनीलाई आफ्नो सुविधा अनुसार सम्बन्धित यातायात कार्यालय पुगेर स्वेच्छाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरिएको छ।

इम्बोस्ड नम्बर प्लेट जडानलाई सहज बनाउन प्रदेश कार्यालयहरूमा पूर्वाधार र जनशक्ति व्यवस्था गरिएको विभागले जनाएको छ। यस्तै, नम्बर प्लेटमा प्रयोग हुने भाषासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले सम्झौतामा उल्लेख भएअनुसार अंग्रेजी लिपी प्रयोगमा कुनै कानुनी वा संवैधानिक त्रुटि नरहेको फैसला गरेको विभागले स्पष्ट पारेको छ।

Facebook Comments Box