कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई
मोरङ, ७ भदौ
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई यस वर्षको कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ।
पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले कोइरालालाई रु २५ हजारसहित सम्मान गर्नुभयो।
सो अवसरमा सभामुख विष्टले प्रदेश सरकारले ल्याउन लागेको ‘प्रदेश सञ्चार प्रतिष्ठान विधेयक’ पत्रकारहितमै लक्षित रहेको बताए। यसअघि उक्त पुरस्कार हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झालाई प्रदान भइसकेको छ।
Facebook Comments Box

