देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २१ साउन
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा, सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
यस प्रणालीको प्रभावले देशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली छ भने बाँकी क्षेत्रहरूमा सामान्य बदली रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानसहित देशका अन्य केही भागमा अहिले मध्यम खालको वर्षा भइरहेको जनाइएको छ।
आजको मौसम पूर्वानुमान
-
दिउँसो:
-
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा व्यापक बदली रहने
-
ती क्षेत्रका केही स्थानमा तथा अन्य भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना
-
-
राति:
-
देशभर सामान्यतया बदली रहने
-
कोशी र मधेस प्रदेशका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा
-
कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
-
महाशाखाले भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

