‘कुलिङ अफ पिरियड’ त्रुटि छानबिन : विशेष समितिको प्रतिवेदन तयार, आज संसदमा पेस हुँदै

काठमाडौँ, २० साउन – संघीय निजामती सेवा विधेयक, २०८० मा देखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादबारे छानबिन गर्न गठित अध्ययन तथा छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ।

समितिका सदस्य माधव सापकोटाका अनुसार २९ दिनमा ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो। प्रतिवेदन तयार गर्न समितिले रातभर सिंहदरबारमै बैठक गरेको थियो।

समितिले त्रुटि भविष्यमा नदोहोरिओस् भनेर विधेयक निर्माण प्रक्रियामा देखिने कमजोरी सच्याउन विज्ञहरूसँग परामर्श गर्दै प्रतिवेदन तयार पारेको हो। संसद्मा विधेयक बनाउने क्रममा हुने गल्ती सुधार्न आवश्यक नीति तथा प्रक्रियाका बारेमा पनि सुझाव दिइएको बताइएको छ।

यस विषयमा प्रतिनिधिसभाले २०७९ असार २३ गते विशेष समिति गठन गरेको थियो। समितिमा विभिन्न दलका सात सांसद सदस्य छन्:

  • नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ,

  • नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती,

  • माओवादी केन्द्रबाट माधव सापकोटा,

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली,

  • र राप्रपाबाट रोशन कार्की।

समितिले प्रतिवेदन तयार पार्दाकाे क्रममा सरकार, विधायन शाखा, कानुन व्यवसायी, पूर्वनिजामती कर्मचारी, विशेषज्ञलगायत सराेकारवाला पक्षहरूसँग विस्तृत छलफल गरेको छ।

Facebook Comments Box