भारतीय मिनि ट्रक त्रिशूली नदीमा खस्याे
नारायणगढ, ३२ असार – नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ को सिमलताल नजिकै भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ। मङ्गलबार राति करिब १०ः२५ बजे भएको उक्त दुर्घटनामा भारतबाट मेवा बोकेर काठमाडौं तर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल नदी किनारामा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घटनामा लखनौका २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्। उनीहरूलाई भरतपुर अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

