विराटनगर महानगरले चार अर्ब ४० लाखको बजेट सार्वजनिक गर्यो
मोरङ, १० असार – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ।
महानगरको १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटका प्रमुख स्रोतहरू:
-
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान — रु ३४.३४ करोड
-
प्रदेश सरकारबाट — रु ३.६२ करोड
-
मूल्य अभिवृद्धि कर (VAT) — रु १५.३९ करोड
-
घरजग्गा रजिष्ट्रेशन शुल्क — रु ९४.६० करोड
-
आन्तरिक राजस्व — रु १ अर्ब ४० करोड
-
सशर्त अनुदान (संघीय/प्रदेश) — रु ८७ करोडभन्दा बढी
प्रमुख खर्च विनियोजन:
-
कार्यालय सञ्चालन र प्रशासन — रु ६४.७५ करोड
-
पुराना योजनाका भुक्तानी — रु ८ करोड
-
भौतिक पूर्वाधार विकास — कुल रु १ अर्ब ६८ करोड
-
गौरवका आयोजना — रु ७० करोड
-
सडक मर्मत — रु १० करोड
-
फोहोरपानी प्रशोधन — रु २.६ करोड
-
विद्युतीकरण — रु २ करोड
-
भवन निर्माण अनुमति तथा संहिता — रु १.६५ करोड
-
प्रमुख कार्यक्रमहरू:
-
‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रम निरन्तर
-
निःशुल्क एम्बुलेन्स र शववाहन सेवा जारी
-
‘एक घर, एक रोजगारी’ अभियान अन्तर्गत लक्षित वर्गका लागि निःशुल्क तालीम तथा उद्योग प्रवर्द्धन
-
उज्यालो विराटनगर कार्यक्रम र सडक बत्ती सुधार
-
करदाता शिक्षा अभियानमार्फत करप्रति सकारात्मक सोच विकास
त्यस्तै, ऐतिहासिक विराटराजा दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र विराटनगर रोजगार मेलालाई निरन्तरता दिने योजना पनि बजेटमा समेटिएको छ।

