विराटनगर महानगरले चार अर्ब ४० लाखको बजेट सार्वजनिक गर्‍यो

मोरङ, १० असार – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ।

महानगरको १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटका प्रमुख स्रोतहरू:

  • संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान — रु ३४.३४ करोड

  • प्रदेश सरकारबाट — रु ३.६२ करोड

  • मूल्य अभिवृद्धि कर (VAT) — रु १५.३९ करोड

  • घरजग्गा रजिष्ट्रेशन शुल्क — रु ९४.६० करोड

  • आन्तरिक राजस्व — रु १ अर्ब ४० करोड

  • सशर्त अनुदान (संघीय/प्रदेश) — रु ८७ करोडभन्दा बढी

प्रमुख खर्च विनियोजन:

  • कार्यालय सञ्चालन र प्रशासन — रु ६४.७५ करोड

  • पुराना योजनाका भुक्तानी — रु ८ करोड

  • भौतिक पूर्वाधार विकास — कुल रु १ अर्ब ६८ करोड

    • गौरवका आयोजना — रु ७० करोड

    • सडक मर्मत — रु १० करोड

    • फोहोरपानी प्रशोधन — रु २.६ करोड

    • विद्युतीकरण — रु २ करोड

    • भवन निर्माण अनुमति तथा संहिता — रु १.६५ करोड

प्रमुख कार्यक्रमहरू:

  • ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रम निरन्तर

  • निःशुल्क एम्बुलेन्सशववाहन सेवा जारी

  • ‘एक घर, एक रोजगारी’ अभियान अन्तर्गत लक्षित वर्गका लागि निःशुल्क तालीम तथा उद्योग प्रवर्द्धन

  • उज्यालो विराटनगर कार्यक्रम र सडक बत्ती सुधार

  • करदाता शिक्षा अभियानमार्फत करप्रति सकारात्मक सोच विकास

त्यस्तै, ऐतिहासिक विराटराजा दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र विराटनगर रोजगार मेलालाई निरन्तरता दिने योजना पनि बजेटमा समेटिएको छ।

Facebook Comments Box