कामपाको ‘एक वडा, एक नमुना कार्यक्रम’ प्रभावकारी

काठमाडौँ, १ असार – काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा, एक नमुना कार्यक्रम’ प्रभावकारी रूपमा अघि बढेको छ। महानगरकी उपप्रमुख सुनिता डङ्गोलका अनुसार हाल वडा नम्बर ११, १९, २०, २३, २५, २८ र ३१ गरी आठ वडामा सीप विकास तालिम चलिरहेको छ, भने वडा नम्बर ३, ४ र २२ मा स्तरोन्नति तालिम सञ्चालन भइरहेको छ।

गएको वर्ष १५ वडामा सञ्चालनमा ल्याइएको यो कार्यक्रम यस वर्ष आठ थप वडासहित २३ वडामा विस्तार भइसकेको छ। बाँकी वडामा पनि चाँडै कार्यान्वयन हुने महानगरको तयारी छ।

लघु उद्यम विकास तालिम पनि सक्रिय

गरिबी निवारण अन्तर्गत लघु उद्यम विकास कार्यक्रम पनि सँगसँगै अघि बढाइएको छ। वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ भने वडा नम्बर १४ मा अल्लोको झोला तथा मकैको खोस्टाबाट सामग्री बनाउने तालिम सञ्चालनमा छ। उपप्रमुख डङ्गोलका अनुसार, “सामग्री उत्पादनपछि गुणस्तर र परिमाण दुवैमा सुधार ल्याएर मात्र बजारीकरणमा सहयोग गरिनेछ।”

वडाअनुसार विशेष उत्पादन

यो वर्ष सुरु गरिएका ११ वडामा विभिन्न किसिमका उद्यम सञ्चालन गरिएका छन्, जस्तै:

  • ऊन तथा हाकुपटासी उत्पादन (वडा ११, १५)

  • मिठाइ परिकार (मरीचरी)नेवारी वेशभूषा (वडा १८, १९)

  • धागो, थैली, रिबन फूल (वडा २०)

  • पपेट, ढाकाका कपडा सिलाउने (वडा २३, २५)

  • माटोको मुकुण्डो, बेबीसेट, यमरी, फ्रोजन ममछालाका जुत्ता उत्पादन (वडा २७, २८, २९, ३१)

बजारीकरणका लागि कोसेलीघर

प्रत्येक वडामा उत्पादन भएका सामग्रीको बिक्री प्रवर्द्धन गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको छ।

Facebook Comments Box