काठमाडौँ उपत्यकामा १ हजार २२६ जना सहित देशभर थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २२६ जना सहित देशभर थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३६, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ६५ आरटी पीसीआर तथा ५ हजार ६११ एन्टीजेन परिक्षण सहित १७ हजार ६७६ जनाको परिक्षण गर्दा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ९५ हजार ३६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ९८ रहेको छ

Facebook Comments Box