काठमाडौँ उपत्यकामा ३ हजार ५९५ जना सहित देशभर थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १९ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ५९५ जना सहित देशभर थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १६ हजार १४७ आरटी पीसीआर तथा ६२३ एन्टीजेन परिक्षण सहित १६ हजार ७७० जनाको परिक्षण गर्दा ७ हजार २११ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ३० रहेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६१२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ३२५ रहेको छ

