नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ, १९ कात्तिक – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । विहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।

Facebook Comments Box