काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा हुने
काठमाडौं, ३० वैशाख – काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ। आज साँझ ५ बजे मतदान सकिएपछि मतपेटिका राष्ट्रिय सभागृहमा लगिनेछ। सबै मतपेटिका पुगिसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाले विषयमा निर्णय हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।
एक पटकमा ५ वटा वडाको गणना गर्ने व्यवस्था मिलाइएको उनले बताए। मतगणनाको परिणाम सार्वजनिक गर्न महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ। काठमाडौंका अन्य स्थानीय तहको मतगणना सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा हुने खतिवडाले जानकारी दिए।
Facebook Comments Box

