नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरे

काठमाडौं, ३० वैशाख – काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्। शुक्रबार बिहान बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसस्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्।

स्थापित २४ वर्षपछि फेरि मेयरको दौडमा छन्। उनीसँग कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्र बालेन साह प्रतिस्पर्धामा छन्।

Facebook Comments Box