१४ वर्ष उमेर नपुगेका विद्यार्थीले पनि एसईई दिन पाउने

काठमाडौं, १० चैत – माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेको हो।

यही चैत २ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट एसईई दिने विद्यार्थी १४ वर्ष उमेर पुग्नुपर्ने थे्रसहोल्ड खारेज गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए

‘अरू देशमा पनि माध्यमिक तह पार गर्न उमेरको बाध्यात्मक व्यवस्था छैन,’ शर्माले भने, ‘नेपालमा कतिपय विद्यार्थी १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वर्षीक परीक्षामा रहेको उमेर हद हटाएको हो।’

Facebook Comments Box