धनकुटामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु
धनकुटा, १० चैत – धनकुटामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। धनकुटाको सांगुरीगढी गाउँपालिका ६ मा बुधबार मे १ ज २१६२ नम्बरको जिप दुर्घटना हुँदा धनकुटाकै सांगुरीगढी–७ घर भएका १९ कि श्रेया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
कच्ची सडकमा भेडेटारबाट गोलाखाडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि जिप चाललाई इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेको छ।
Facebook Comments Box

