मिथिलाञ्चल क्षेत्रमा आज पनि होली पर्व मनाइँदै

जनकपुर, ५ चैत्र – जनकपुरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा आज पनि होली पर्व मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ।

मिथिलाञ्चल क्षेत्रका धेरै स्थानमा शुक्रबार नै होली पर्व मनाइएको थियो। जनकपुरधामसहित आसपासका क्षेत्रमा आज हर्सोल्लासपूर्वक घर घरमा मिष्टान परिकार खाँदै रंग अविर लगाएर होली मनाइँदै छ। शुक्रबार तराई मधेशमा होली पर्व मनाइएको भने हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै मनाइएको थियो।

Facebook Comments Box