आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू
काठमाडौँ, १७ फागुन – आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ। आचारसंहिता आगामी चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।’
आगामी पागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।
Facebook Comments Box

