आज देशको पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, २७ फागुन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ को उच्च हिमालीको भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १का उच्च हिमालीको भू-भागको एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ । राती देशभर मौसम सामान्यतया सफा रहने छ।

