निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता

काठमाडौं, २७ फागुन – निर्वाचन आयोगले आगामी वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ।

आयोगमा दर्ता भएका १ सय ११ दलमध्ये ७९ दललाई आयोगले स्थानीय तहको निर्वाचन लड्नको लागि मान्यता ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिने अनुमतिका लागि निवेदन दिएका थिए ।

बिहीबार बसेको आयोगको बैठकले ७९ दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको हो। स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दललाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन आयोगले समय दिएको थियो।

Facebook Comments Box