आनीहरुलाई सामाजिक गतिविधिमा सरिक हुन गोष्ठी

काठमाडौँ, १३ कात्तिक – आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने दुइ दिने गोष्ठीको आज प्रारम्भ भएको छ । आज बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले स्वयम्भुमा गोष्ठीको आयोजना गरेको हो । समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले छ्योइमे बाली उद्घाटन गरेको समारोहमा आनीहरुले टासी मोन्लाम पाठ गर्नु भएको थियो ।

गुम्बाहरुमा रहेका आनीहरुले आर्जान गरेको ज्ञानलाई गुम्बामै मात्र सिमित नराखी जनसमक्ष पुर्याउनका लागि भन्दै गत सालदेखि दाउन्ने नवलपरासीबाट यस्तो कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले बताउनु भयो । कार्यक्रममा आचार्य मोहन कुमार तामाङले बौद्ध धर्म र महत्वको विषयमा आपm्नो विचार राख्नु भएको थियो ।

दुइ दिनसम्म सन्चालन हुने गोष्ठीमा आचार्य नोर्बु शेर्पाले आज बौद्ध धर्ममा आनीहरुको भूमिका विषयमा प्रशिक्षण दिनुभयो । भोलि भने पुण्यप्रसाद पराजुलीले नेपालमा बौद्ध धर्मको विकासक्रम, आनी छ्योइङ डोल्माले समाज सुधारमा आनीको भूमिका विषयमा प्रशिक्षण दिने छन् ।

विभिन्न जिल्लाका ११ वटा गुम्बाबाट ६० जना आनीहरु कार्यक्रममा सहभागी रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले जानकारी दिनु भएको छ ।

Facebook Comments Box