आइसिसि टि २० विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रीकासँग ४ विकेटले पराजित
काठमाडौं, १३ कात्तिक – आइसिसि टि २० विश्वकप क्रिकेट अन्तरगत श्रीलंका र दक्षिण अफ्रीका विचकोे खेल दक्षिण अफ्रीकाले ४ विकेटले जितेको छ ।
शाहारजामा भएको खेलमा टस हारेर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको श्रीलंकाले निधारित २० ओभरमा सवै खेलाडी गुमाएर १४२ रन बनाएको हो । श्रीलंकाका लागी पाथुम निसंकाले ७२ बनाउदा चारित आस्लंकाले २१ रन बनाउनु भयो ।
दक्षिण अफ्रीकाका लागी ड्इन पट्इज र तवराइज साम्सीले ३-३ विकेट तथा एण्डरिच नोर्टेजले २ विकेट लिनुभयो । १४३ रनको लक्षय लिएर मैदानमा उत्रेको दक्षिण अफ्रीकाले १९.५ ओभरमा ६ विकेटको क्षतीमा १४६ रन बनाइ खेल ४ विकेट बाट जितेको हो ।
दक्षिण अफ्रीकाका जिताउन टिम्वा वाहुमाले ४६, डेविट मिलरले २३ र एडिम मर्कराव १९ रनको योग्दान दिनुभयो । त्यस्तै गरि श्रीलंकाका लागी वानिन्दु हासराङ्गा डिसुल्भाले ३ र दुश्मान्त चामिराले २ विकेट लिनुभयो ।

