यू–१९ टोलीका २४ खेलाडी क्यानले बोलायो दोस्रो चरणको क्याम्पमा

काठमाडौँ, २९ माघ – नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीका २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ। यू–१९ विश्वकपका लागि खेलाडी छनोट गर्न क्यानले अर्को क्याम्प सञ्चालन गर्ने भएको हो।

क्याम्पका लागि बिपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी, नितिश पटेल, साहिल पटेल लगायतलाई बोलाइएको छ।

Facebook Comments Box