काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरण
काठमाडौँ, १२ असोज – काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरणमा परेका छन्। सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ।
बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ। स्रोतका अनुसार भारतको बिहारका शर्माको अपहरण भारतकै शंकर दासले गरेका छन्। परिवारले जानकारी दिएलगत्तै खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
शंकर पनि नजिकैको अर्को टहरामा बस्थे। दासले सार्वजनिक बसमा चाबहिलको गोपीकृष्णसम्म पु¥याएको र त्यहाँबाट वीरगन्ज जाने बस चढेको आशंका प्रहरीको छ। उनी भारततर्फ भागेको आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।
Facebook Comments Box

