‘अहिलेको सरकारले संविधान मिचिरहँदा पनि मिडिया चुप लागेर बसेका छन्? : केपी शर्मा ओली
काठमाडौँ, १२ असोज – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक पटक संविधान मिच्दा पनि सम्पादक र मिडियाहरु चुप लागेर बसेको गुनासो गरेका छन्।
मंगलबार राजधानीमा केही सम्पादकहरूसँग अन्तरक्रियाका क्रममा ओलीले यस्तो गुनासो गरेका हुन्। आफ्नो सरकारको पालामा खबरदारी गरिरहने मिडिया देउवा नेतृत्वको सरकारले संविधान र कानुन मिचिरहँदा पनि मौन बसेको आरोप लगाएका छन्।
‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ। जस्तो अहिलेको सरकार’, उनले भने, ‘अहिलेको सरकारले संविधान मिचिरहँदा पनि मिडिया किन चुप लागेर बसेका छन्? मैले बुझ्न सकेको छैन।’
Facebook Comments Box

