नेपाल यू-१९ टोलीले विश्वकप खल्ने सपना अधुरै

काठमाडौं, १० भदाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ । आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ ।

एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको यू-१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।

Facebook Comments Box