झापामा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा एक जना घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्।आइतबार राति साढे सात बजे जमिनमुनि गाडिएको ट्यांकीबाट टिपरमा डिजेल भर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको प्रहरीले जनाएको छ। उक्त ट्यांकीमा करिब नौ हजार पाँच सय लिटर डिजेल भण्डारण गरिएको थियो।
आगलागीमा परी टिपर चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। घटनामा टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

