सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न सिफारिस
काठमाडौँ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानअनुसार अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संविधानमा सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो । प्रतिनिधिसभामा हाल १० वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिमा विचाराधीन रहेका छन् ।
Facebook Comments Box

