आज तीन संसदीय समितिको बैठक बस्दै

 काठमाडौँ । आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नार्कका क्षेत्रीय कार्यालय र अनुसन्धान केन्द्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्ने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा रसुवा, नुवाकोट र धादिङमा बाढीपहिरोबाट भएको जनजीवन तथा पूर्वाधारको क्षति, पुनर्स्थापना, पुनर्निर्माण र आवश्यक लगानी व्यवस्थापनबारे छलफल हुनेछ ।

Facebook Comments Box