चरेसजस्तो लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । हेटौँडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार गएराति करिब पौने २ बजे चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

कारको पछाडिको डिकीमा लत्ताकपडाले छोपेर पाँच पोका बनाई लुकाइएको अवस्थामा लागुऔषध फेला परेको हो । पक्राउ पर्नेमा कार चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् । बरामद लागुऔषध र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box