थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा । चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङखोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ। बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढी आउनुअघि स्थानीय भागेर ज्यान जोगाएकाले मानवीय क्षति भने भएको छैन।

पुल बगाएपछि मनास्लु पदयात्रामा रहेका पर्यटकलाई आवतजावतमा समस्या भएको छ। गाउँपालिकाले अस्थायी रूपमा हिँड्न मिल्ने व्यवस्था गर्ने जनाएको छ। लेदोसहितको बाढी खोलाको मुहानतर्फ केहीबेर थुनिएर आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो। थेराङखोला बूढीगण्डकीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

Facebook Comments Box