पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

पाल्पा – पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २२ वर्षीय प्रविन पुनको बाढीले बगाउँदा मृत्यु भएको हो । भदौ १५ गते साँझदेखि बेपत्ता भएका उनीहरूको शव बुधबार दिउँसो स्थानीय कन्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकलसमेत खोलामा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box