बाढीमा मृत्यु भएका व्यक्तिको कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

काठमाडौँ, ११ भदौ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शवबाट कानको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box