काठमाडौँसहित ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ, १७ साउन  — देशभर वर्षा हुने क्रम बढेसँगै काठमाडौँसहित ३७ जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्रमा बग्ने ससाना नदी र खोलाको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ।

महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दा, यात्रु र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box