सुनसरीमा कर्फ्यु हटाइयो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

सुनसरी, १६ साउन  – जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्म कर्फ्यु हटाइएको हो।

कर्फ्यु हटाइए पनि शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सम्बन्धित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाअनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा–जुलुस गर्न वा भीड जम्मा गर्न पाइने छैन।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू:

  • इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र,
  • रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र,
  • इनरुवा नगरपालिका,
  • दुहवी नगरपालिका,
  • भोक्राहा नरसिंह गाउँपालिका,
  • कोशी गाउँपालिका,
  • गढी गाउँपालिका,
  • देवानगञ्ज गाउँपालिका,
  • हरिनगर गाउँपालिका,
  • बर्जु गाउँपालिका समावेश छन्।

यसअघि जिल्ला प्रशासन कार्यालयले साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको थियो। प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा अफवाह फैलाउने वा कानूनविपरीत गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

Facebook Comments Box