भानुभक्त र खड्कबहादुर थापाको सालिक तोडफोड आरोपमा एक जना पक्राउ।

लमजुङ । लमजुङमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिका–४ दुर्दीपुलस्थित भानु घाँसी संवाद पार्कमा रहेको दुवै सालिक साउन ७ गते राति तोडफोड गरी क्षति पुर्‍याइएको थियो।

घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा तथा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका कुँवरमाथि आपराधिक उपद्रव मुद्दामा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box