निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने
काठमाडौँ, २८ मङ्सिर – कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।
खुल खसेको ४६७९ मतको ५० प्रतिशत कटाउन २३४०मत देउवालाई आवश्यक पर्छ ।
देउवाले ३९७७ मत गणना सकिँदासम्म १९०० मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box

