मेची भन्सारको राजस्व ११ प्रतिशतले बढ्यो, लक्ष्य भने पूरा भएन

झापा, साउन  —६ मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत बढी हो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा सङ्कलित राजस्व अघिल्लो आव २०८१/८२ को १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँको तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँले बढी हो।

राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष २०८२/८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको थियो। तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत मात्रै हासिल गरेको जनाएको छ।

पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक मानिने मेची भन्सार हुँदै चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो र छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन्। त्यस्तै पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री यही नाकाबाट आयात हुने गरेको छ।

Facebook Comments Box