आज देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने
काठमाडौं, ३ चैत – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। हाल बिहार तथा आसपासका क्षेत्रमा निम्नचापीय प्रणाली रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेगगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

