आजको फलफूल तथा तरकारीको अधिकतम थोक मूल्य सार्वजनिक

काठमाडौँ, ५ साउन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याजदेखि फलफूल, मसला र माछासम्मका वस्तुको मूल्य निर्धारण गरिएको छ।

आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ र टनेल गोलभेँडा ४० रुपैयाँ कायम गरिएको छ। आलुतर्फ रातो लाम्चो ४८ रुपैयाँ, रातो गोलो र मुढे ४७/४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ तथा सेतो आलु ३८ रुपैयाँ प्रतिकिलो तोकिएको छ। भारतीय सुकेको प्याजको मूल्य ५७ रुपैयाँ प्रतिकिलो कायम छ। गाजर (लोकल) ११० रुपैयाँ, गाजर (तराई) ९० रुपैयाँ, बन्दा ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो मूला २५ देखि ३५ रुपैयाँ तथा लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

रायोको साग १४० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, तोरीको साग ११० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ तथा सिताके च्याउ एक हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा (दर्जन) २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप १८०/१८० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ र जुनार ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। यस्तै लोकल नास्पाती ११० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसलातर्फ अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ र नेपाली लसुन २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। माछातर्फ ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा र छडी माछा ३००/३०० रुपैयाँ तथा सुकेको माछा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची कालीमाटी बजारको अधिकतम थोक मूल्य भएकाले स्थान, माग र आपूर्तिअनुसार खुद्रा बजारमा मूल्यमा केही फरक पर्न सक्ने जनाएको छ।

Facebook Comments Box