सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ३ साउन  – सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्था तथा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकबारे छलफल हुने कार्यसूची रहेको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्नेछ।

बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदन–२०८३ माथि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिनेछ।त्यसैगरी, अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघ–संस्थाका प्रतिनिधिसँग छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box