ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौँ, २० असार – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो।

अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ। बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो।

Facebook Comments Box