झापाको विर्तामोडमा गएराति एक व्यसायीको हत्या
झापा, २५ असोज – झापाको विर्तामोडमा गएराति एक व्यसायीको हत्या भएको छ। विर्तामोड नगरपालिका ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रक़ुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मगर झापाकै अर्जुनधारा- ६ कप्तानबारीका स्थायी बासिन्दा हुन्। पसलमै बसिरहेको बेला गएराति करीब ८ बजे उनको हत्या भएको प्रहरीको भनाई छ।
मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। मगरको हत्याराको पहिचान खुलेको छैन। घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

