भेनेजुएलामा फेरि भूकम्प, मृतक संख्या १ हजार ४३० पुग्यो , ५१,७०० बेपत्ता

काठमाडौँ, १४ असार – भेनेजुएलामा जुन २४ राति दुई शक्तिशाली भूकम्पपछि फेरि अर्को भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो देशको उत्तरी तट नजिकै ४.९ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रोयटर्सका अनुसार उक्त भूकम्पको धक्का राजधानी कराकास र माराकेमा समेत महसुस गरिएको थियो।

यसअघि गएको ठूलो भूकम्पपछि मृत्यु हुनेको संख्या १ हजार ४३० पुगेको छ। त्यस्तै ३ हजार ३६० भन्दा बढी घाइते भएका छन् भने ५१ हजार ७०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाइएको छ। अधिकारीहरूले शुक्रबारसम्म २४३ जनालाई जीवितै उद्धार गरिएको बताएका छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Facebook Comments Box