काठमाडौँ उपत्यकामा २२२ जना सहित देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२२ जना सहित देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २५३ आरटी पीसीआर तथा २ हजार १२३ एन्टीजेन परिक्षण सहित ९ हजार ३७६ जनाको परिक्षण गर्दा ७०८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २ हजार १ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ९३२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ रहेको छ ।

Facebook Comments Box