सुर्खेतमा डुबेर तीन जनाको मृत्यु

कर्णाली, ७ असार – सुर्खेतमा शनिबार भएका छुट्टाछुट्टै घटनामा डुबेर तीन जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। दुवै बालिकाको उद्धारपछि उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको पनि शनिबार दहतातलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले वर्षायाममा नदी, खोला, ताल तथा जलाशयमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box